Aamsanchar

झापाका हर्कराज प्रतिनिधिसभाको सचिवमा सिफारिस

Author Image
आइतवार, पौष १४, २०८१

झापा – प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ ।

सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राई सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)