Aamsanchar

झापाको कमल गाउँपालिकामा गाई फार्ममा आगलागी, १६ लाखभन्दा बढीको क्षति

Author Image
सोमवार, पौष १५, २०८१

दमक । झापा जिल्लाको कमल गाउँपालिका–५, पाथीभरा टोलमा रहेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा आज दिउँसो १: १० बजे आगलागी भएको छ। विनोद खरेलद्वारा सञ्चालनमा रहेको उक्त गाई फार्ममा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीका कारण सिमेन्टका पिल्लर, टिनको छानो र टिनले बारेको फार्म पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै, फार्ममा रहेका पानी तान्ने मोटर, कुटी काट्ने मेसिन, ३५ मन मकै, ५० मन धान र परालसमेत नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

उक्त आगो प्रहरी, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र मोरङ उर्लाबारी नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

यस घटनाबाट ठूलो क्षति भए पनि आगलागीबाट कुनै मानविय क्षति नभएको पुष्टि भएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर