इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि भेटिएको शङ्कास्पद वस्तु कुकर रहेको पुष्टि भएको छ।
स्थानीयले सडक छेउमा कालो झोलाभित्र शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको इटहरी प्रहरीले जनाएको छ।
कुकरभित्र ‘राष्ट्रिय सुरक्षा दल’ लेखिएको पर्चा फेला परेको छ। घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 155