बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मियावारीमा आज बिहान आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। बिहान करिब ४:४० बजेतिर विद्युत् सर्ट भई लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो।
आगलागीका कारण मिलमा रहेका मकै र पराल पूर्णरूपमा जलेर नष्ट भएका छन्। यस घटनाबाट अन्दाजी २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। साथै, आगलागीमा एउटा बाछीको मृत्यु भएको छ भने अर्को बाछी घाइते भएको छ।
मिलमा प्रयोग हुने विभिन्न उपकरणहरू पनि आगलागीका कारण नष्ट भएका छन्। स्थानीय, गरामनी प्रहरी चौकीका प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा बिहान ६स्५२ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको वारुण यन्त्र कार्यालयले जानकारी दिएको छ।
अहिलेसम्म आगलागीको थप विवरण आउन बाँकी छ भने घटनास्थलमा अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 13