पूर्वकर्मचारी समाज नेपालको कार्यक्रममा सम्बोधन गर्दै शर्माले संसद् पाँच वर्षसम्म कसैले पनि भंग गर्न नसक्ने व्यवस्था र स्थायी सरकारको आवश्यकता रहेको बताए। उनका अनुसार, “अब हामीलाई पाँच वर्ष स्थिर संसद मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहिएको छ। आगामी बहस यही विषयमा केन्द्रित हुनुपर्छ।“
शर्माले नेपालको लोकतान्त्रिक पद्धतिमा हालसम्म कुनै प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा नगरेको तर्फ इङ्गित गर्दै भने, “पहिलो दलले प्रत्यक्ष र पपुलर भोटको आधारमा पाँच वर्ष सरकार चलाउने सुनिश्चितता गरिनुपर्छ। यदि हामी पहिलो दल बन्न सक्दैनौं भने विपक्षमा बस्न तयार छौं।“
संविधान संशोधनको सुझाव
शर्माले संविधान संशोधनको खाँचो औंल्याउँदै उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार, यस्तो संशोधनले राजनीतिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पु¥याउनेछ।
शर्माको प्रस्तावले नेपाली राजनीतिमा स्थिरता र सुशासनको नयाँ बहस सुरु गर्ने विश्वास लिइएको छ।