Aamsanchar

नेपाली काँग्रेसको उद्योग तथा व्यापार विभागमा झापाका सञ्जिव घिमिरेसहित १० जना मनोनयन

Author Image
मङ्गलवार, पौष १६, २०८१

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिले पार्टीको उद्योग तथा व्यापार विभागमा १० जना उद्योगी तथा व्यवसायीलाई मनोनयन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम ती सदस्यहरूलाई मनोनित गरेका हुन्।

मनोनयनमा झापाका युवा व्यवसायी सञ्जिव घिमिरेसहित देशका विभिन्न जिल्लाका प्रतिष्ठित उद्योगी र व्यवसायी परेका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिका अनुसार मनोनित सदस्यहरूमा खगेन्द्र बोहोरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), धु्रव खड्का (काठमाडौं), जमशेर अलिमिया (कपिलवस्तु), सिताराम परियार (काभ्रेपलाञ्चोक), शम्भूहरी बास्तोला (सोलुखुम्बु), जुनु गुरुङ (लम्जुङ), इ. विजयकुमार सिंह (रौतहट), र सञ्जिव श्रेष्ठ (काठमाडौं) रहेका छन्।

यस मनोनयनले उद्योग तथा व्यापार क्षेत्रका समस्याको पहिचान र समाधानमा पार्टीको सक्रियता बढाउने अपेक्षा गरिएको छ। विभिन्न क्षेत्रका व्यवसायीहरूको प्रतिनिधित्व हुनेगरी गरिएको यो निर्णयले पार्टीभित्रको समावेशीता र नेतृत्व विकासमा योगदान पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर