Aamsanchar

बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Author Image
मङ्गलवार, पौष १६, २०८१

झापा- घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

पाँच दिनको म्याद सकिएर आज थप म्यादका लागि शिवाकोटीलाई प्रहरीले जिल्ला अदालत लगेको थियो । आज चार दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिइन् । शिवाकोटीलाई अनुसन्धान गर्नका लागि प्रहरीले अन्तिम पटक थप म्याद मागेको प्रहरी निरीक्षक तामाङले बताइन् ।

यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न चार , पाँच , सात र त्यसपछि पाँच गरी २१ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आज चार दिन थपिएपछि प्रहरीले अनुसन्धानका लागि पाउने २५ दिनको म्याद पूरा हुन्छ । चार दिनको म्याद सकिएपछि अब उनलाई सरकारी वकिलको कार्यालयमा बुझाइने प्रहरी निरीक्षक तामाङले बताइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर