काठमाडौं- जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई निष्काशन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ। स्रोतका अनुसार उनीहरू केही दिनअघि नेपाल आइपुगेका हुन्।
कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन। अध्यागमन कानुन उल्लंघन गरी निष्कासनमा पर्ने नेपालीको संख्या बढिरहेको छ। पछिल्लो समयमा अमेरिका, दक्षिण कोरिया, मलेसिया, रोमानियालगायतका देशका सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। जसमा नेपालीहरू पनि निष्काशित हुने गरेका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 11