Aamsanchar

इलाममा दुई विद्यालयका विद्यार्थीको मुटु परिक्षण, २१ जनामा समस्या देखियो

Author Image
शुक्रवार, पौष १९, २०८१

इलाम- इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ । नेपाल हर्ट फाउन्डेसन इलामको आयोजनामा सदरमुकामस्थित आदर्श मावि र उमर उच्च माविमा रहेका बालबालिको मुटुसम्बन्धी स्वास्थ्य परिक्षण गर्दा २१ जनाको मुटुमा समस्या देखिएको हो ।

तीमध्ये आठ जनाको तत्काल शल्यक्रिया गर्नुुपर्ने अवस्था रहेको चिकित्सकहरुले सुुझाएका छन् । दुई विद्यालयलाई केन्द्र बनाई गरिएको मुटुको स्वास्थ्य परीक्षणमा आदर्श माविमा सात र अमरमा १६ विद्यालयका विद्यार्थी सहभागी थिए । दुई विद्यालयमा जम्मा तीन हजार आठ सय ८६ जनाको मुटु परीक्षण गर्दा यो समस्या देखिएको फाउन्डेसन सचिव रीता अधिकारीले बताउनुभयो ।

गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका मुटु विशेषज्ञ चिकित्सकले बालबालिकाको मुटु जाँच गर्नुभएको थियो । मुटुमा शल्यक्रिया गर्नुपर्ने बालबालिकाको सम्पूर्ण उपचार गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क हुने गरिने पनि अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)