Aamsanchar

देवी माध्यमिक विद्यालयको ६२ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Author Image
शुक्रवार, पौष १९, २०८१

बिर्तामोड । बिर्तामोड ५ स्थित देवी माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सव विविध कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले बिर्तामोड–५ का दुईजना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै समुदाय र विद्यालयबीचको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण कदम चालेको छ।

पुरुषतर्फ १०१ वर्षीय प्रेमप्रसाद निरौला र महिलातर्फ ९८ वर्षीया गोमादेवी शिवाकोटीलाई सम्मान गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन्।

पाँच किलोमिटरको देवी रन दौड प्रतियोगितामा खासेन चेम्जोङ र सिमाना जवेगू प्रथम भएका थिए। यसैगरी, पुरुषतर्फ युकेश लिम्बू दोस्रो र कमल दुलाल तेस्रो भएका थिए भने महिलातर्फ रेखा भण्डारी दोस्रो र पुनम दनुवार तेस्रो भएका थिए। विजेताहरूलाई क्रमशः नगद रु ७,०००, ६,०००, र ५,००० तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

स्लो साइकल रेसका विजेता शाहिल नेपालीसहित अन्य विजेताहरूलाई पनि पुरस्कार प्रदान गरियो। पुस ११ देखि १६ गतेसम्म विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा एक हजार ६०० विद्यार्थीले सहभागिता जनाएका थिए, जसमध्ये ७३५ विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

वार्षिकोत्सवकै अवसरमा विभिन्न छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई सम्मान गरियो। साथै, २०८१ सालको कक्षा १२ का उत्कृष्ट छात्र अनिस काफ्ले र छात्रा सिर्जना भट्टराई तथा २०८० सालको माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट छात्र र छात्रालाई नगदसहित देवी विद्या पदक प्रदान गरियो।

ज्ञानबहादुर बुढाथोकी र सबनम थापा दाहाललाई दीर्घसेवी शिक्षक सम्मान प्रदान गरियो। यसैगरी, पूर्वविद्यार्थी तेजु सिंह र नरेश दासलाई प्रशंसापत्र प्रदान गरियो।

त्यस्तै, वार्षिकोत्सवकै अवसरमा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोष, सञ्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोष, हाकिलाल धिमाल स्मृति छात्रवृत्ति अक्षयकोष, लक्ष्मी निरौला स्मृति छात्रवृत्ति अक्षयकोष, पर्शुराम ढकाल स्मृति छात्रवृत्ति अक्षयकोष, ज्ञानुराम प्रसाईं स्मृति छात्रवृत्ति अक्षयकोष र केदार मनमाया स्मृति छात्रवृत्ति अक्षयकोषबाट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै, २०८१ को कक्षा १२ का उत्कृष्ट छात्रतर्फ अनिस काफ्ले र छात्रातर्फ सिर्जना भटट्राई तथा २०८० सालको माध्यमिक शिक्षा परीक्षाका उत्कृष्ट छात्रतर्फ सुजन पौडेल, ऋषभ घिमिरे, अनुप खरेल, विमल सिटौला र छात्रातर्फ प्रज्ञा राईलाई नगदसहित देवी विद्या पदक प्रदान गरिएको थियो ।

त्यस्तै, ज्ञानबहादुर बुढाथोकी र सबनम थापा दाहाललाई दीर्घसेवी शिक्षक सम्मान तथा पूर्वविद्याथी तेजु सिंह र नरेश दासलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शिक्षक प्रतिनिधि उमेशकुमार शाहले स्वागत गरेका थिए भने स्वागत गीत शिक्षक युवराज ढकालले प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक अम्बिका श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुति गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष रोहित प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, दाता परिवारका टोरुप प्रसाईं, शिक्षा विकास तथा समन्वय इकाइ झापाका प्रमुख देवेन्द्रबहादुर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका १४८ शिक्षक तथा कर्मचारीहरूको समर्पणले तीन हजार २३ विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने प्रयासमा विद्यालयले थप नयाँ आयाम स्थापित गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)