निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् । दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदै छ ।
निश्चलप्रकाश राजभण्डारी र पूजा झापाको भद्रपुर नगरपालिकाको पूर्व उप प्रमुख चन्द्रा श्रेष्ठका छोरा बुहारी हुन् । निश्चल र पूजा दुवैजना अस्ट्रेलिया जाँदै थिए । अस्ट्रेलिया जान उनीहरू घरबाट बिदा भएर काठमाडौँ आएको थाहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए ।
तर, प्रकाशको अस्ट्रेलिया सपना कहिल्यै पुरा नहुनेगरी अस्ताएको छ । थिमिबाट मगरगाउँतर्फ जान लाग्दा कुकुरले बाटो काट्न खोज्छ । कुकुरलाई जोगाउन खोज्दा स्कुटर अनियन्त्रित भएको पुजाले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् । उनको खुट्टामा चोट छ ।
३१ वर्षीय प्रकाशको पोस्टमार्टमपछि परिवारलाई शव जिम्मा लगाइएको डीएसपी नेउपानेले बताए । दुर्घटनाग्रस्त स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ ।