काठमाडौं – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन्।
सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोही लयलाई निरन्तरता दिन चाहन्छन्। पहिलो चरणको लिगमा पुलिस र आर्मीले १–१ गोलको बराबरीमा रोकिएका थिए। पुलिसले वालिङ नगरपालिकालाई र आर्मीले बागमती युथ क्लबलाई पारजति गरेका छन्।
एन्फाको आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धामा छन्। भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन्।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागी छन्।
अन्तिम चरणमा २४ खेल हुनेछन्।
लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन्।