सहारा नेपालको व्यवस्थापन, झापा एफसी र फ्रेन्जको सहकार्यमा आयोजित कार्यक्रममार्फत फाउन्डेशनले ४९६ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो । फाउन्डेशनकी संरक्षक शिखा खड्का गणेशले आज एक कार्यक्रममार्फत विद्यार्थीलाई शीतलहरबाट जोगाउन मद्दत पु¥याउन न्यानो कपडा वितरण गरिएको जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि सहारा नेपालका सचिव, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले समाजमा “हुनेले नहुनेलाई सहयोग गर्नु“ भन्ने मानवीय दृष्टिकोणको प्रवद्र्धन भएको छ । सामुदायिक भावनाको विकास हुँदै समाजमा सहकार्य र सहयोगको संस्कार बलियो बनाउने प्रेरणा मिलेको छ । यसले अन्य संघसंस्थालाई पनि सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध हुन उत्प्रेरित गरेको धारणा व्यक्त गरे । उनले फाउन्डेशनको यस कार्र्य समाजप्रति योगदान रहेको भन्दै प्रशंसा गरे। प्रमुख अतिथि गिरीले फाउन्डेशनको आगामी सामाजिक कार्यमा निरन्तरता रहोस् भन्ने अपेक्षा व्यक्त गरे ।
झापा एफसीका अध्यक्ष समेत रहेका विक्रम खड्काले आफ्नो जन्मभूमिमा परोपकारी कार्य गर्न फाउण्डेशन माफर्त आर्थिक सहयोग पठाएका हु्ुन् । फाउण्डेशनको सञ्चालक खड्का हाल कतारमा व्यवसाय गर्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले फाउन्डेशनको यो पहलले विद्यालयका विद्यार्थीहरूलाई ठूलो राहत दिएको भन्दै आभार प्रकट गरे ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुमिराज थापाले गरेका थिए। पूर्वमन्त्री टेकनारायण राजवंशीलगायतका वक्ताहरूले पनि आफ्नो धारणा व्यक्त गर्दै फाउन्डेशनको कार्यको प्रशंसा गरे ।
कार्यक्रममा सहारा नेपालका लालबहादुर गिरी, शुक्र तामाङ, दुर्गा भण्डारी, चित्रकला ओली, फडेन्द्र भण्डारी, हेम खड्का, मात्रिका सुवेदीलगायतको वितरण कार्यमा सहजीकरण गरेका थिए ।
लीलामाया खड्का फाउन्डेशनका सदस्यहरूको उत्साहजनक सहभागितामा सम्पन्न यो कार्यक्रमले समाजसेवाको महत्वलाई पुनः उजागर गरेको छ ।
सहयोगले विद्यार्थी, अभिभावक र समाजमा ल्याएको सकारात्मक पक्ष
न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरूमा आत्मविश्वास बढेको छ । शीतलहरको कारण कक्षाकोठामा उपस्थित हुन कठिनाइ झेलिरहेका विद्यार्थीहरूलाई सहयोगले नियमित रूपमा अध्ययनमा सहभागी गराउन मद्दत पु¥याएको छ।
अभिभावकको आर्थिक बोझ कम
गरिबीले न्यानो कपडा किन्न नसकेका अभिभावकहरूको आर्थिक भार कम भएको छ। अभिभावकहरूले फाउन्डेशन र परोपकारी संस्थाको सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै आफूहरूको बालबालिकाको भविष्यप्रति आशावादी दृष्टिकोण राखेका छन्।
शैक्षिक संस्थाको मनोबलमा वृद्धि
विद्यालयका शिक्षक तथा प्रशासनले यस्तो परोपकारी सहयोगले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार्न ठोस प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। विद्यालयप्रति समुदायको विश्वास र लगाव झन् बढेको छ ।
समाजसेवाप्रति सकारात्मक दृष्टिकोणको विकास
यस सहयोगले परोपकारी कार्यको महत्वलाई थप उजागर गरेको छ। आगामी दिनमा समाजका विभिन्न पक्षबाट यस प्रकारका प्रयासहरूलाई निरन्तरता दिन प्रेरणा प्रदान गरेको छ ।
यो प्रकारको सहयोगले न केवल गरिबी र कठिनाइको सामना गरिरहेका व्यक्तिहरूलाई राहत पु¥याउँछ, तर समाजमा एकताको भावना र परोपकारको मूल्यलाई पनि सुदृढ बनाउँछ।
भिडियो पनि हेर्नुहोस ।