बिर्तामोड । हरेक वर्ष माघेसङ्क्रान्तिको दिन भव्य रुपमा आयोजना हुने धार्मिक, सांस्कृतिक माईमेला यस पटक थप परिष्कृत ढङ्गले आयोजना हुने भएको ।
मेलाका विविध व्यवस्थापकीय पक्षलाई विगतको भन्दा अझ सुधार गरेर यस पटक मेला आयोजना गर्न लागिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।
झापा कनकाईका ४ का ५ वर्षीय ब्लड क्यान्सर पीडित बालकलाई उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले पनि आयोजना गरिने माईमेला विशुद्ध धार्मिक, संस्कृतिको हुने मेला आयोजकका अध्यक्ष किरण मैनालीले जानकारी दिए ।
मेला आयोजना बाट प्राप्त नाफा रकमबाट बिरामी बालको उपचारर्थ सहयोग गरिने अध्यक्ष मैनालीले प्रतिवद्धता जनाएका छन् । बालकको उपचारका लागि भारु ४० लाख लाग्ने जनाइएको छ ।
मानवीय सेवा, समाजिक कार्य गर्ने उद्देश्य सँग जोडिएको मेला गत वर्ष भन्दा १० लाख कम रकममा नगरपालिकाले ठेक्का लगाएको छ ।
देशका चर्चित कलाकारहरूले समेत यस मेलामा निशुल्क प्रस्तुती दिने जानकारी बताउँदै । हामीले खर्च कटाएर बच्चाको उपचार खर्च बचाउने लक्ष्य राखेका छौ यसका लागि पुस २७ गतेदेखि माघ ३ गतेसम्म सप्ताहव्यापी रुपमा मेला लगाउँदै छौ सबैको साथ सहयोग हुने आयोजक समिति सचिव सरोज पोखरेलले अपेक्षा गरेका छन् ।
मेलालाई सव्य र भव्य बनाउन २१ सदस्यीय मूल मेला समिति बनाइएको छ । पत्रकार भेटघाट कार्यक्रममा कनकाई नगरपालिका ४ नम्बर वडाका वडाअध्यक्ष रोशन सुवेदी लगायतले मेला सफलताको शुभकामना दिएका थिए । यसरी एक जना बच्चाको जीवन बचाउनकै लागि लगाइएको सप्ताहव्यापी मेला देशकै सबैभन्दा ठुलो भएको आयोजकको दावी रहेको छ ।
यस वर्ष भने अघिल्लो वर्षको भन्दा आधा रकम सस्तोमा कनकाई नगरपालिकाले सूचना टेन्डर लगाएको तथा नाफा भन्दापनि बालकको उपचारको सहयोगार्थ मेला सञ्चालन हुने भएपछि भक्तजनहरूले मन र इच्छाले सहयोग गर्ने अपेक्षा लिइएको मेला समितिले जनाएको छ ।
किरण मैनालीको अध्यक्षता रहेको मेला आयोजक समिति उपाध्यक्ष गणेश गिरी, सचिव सरोज पोखरेल, सहसचिव हरि गुरुङ, कोषाध्यक्ष तुलाराज बिक, सदस्यहरूमा अर्पण मगर, कमल खड्का, गणेश राउत, गणेश बिक, श्याम पोखरेल, दीपक तिवारी, सुमन थपलिया, राजा लिम्बू, सूर्य बुढाथोकी रहेका छन् । त्यसैगरी विमल श्रेष्ठ, शिवु कार्की, ज्ञानु चुडाल, कसम मगर, बाव लिम्बु र दोर्जे लाक्पा तामाङ रहेका छन् ।
आज विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । गठित उपसमिति संयोजकहरुमा सल्लाहकार श्यामप्रसाद पोखरेल, आर्थिक समिति तुलाराज बिक, स्वंमशेवक अमित श्रेष्ठ, अतिथि सत्कार गणेश गिरी, प्रचारप्रसार पत्रकार रामप्रसाद निरौला रहेका छन् ।