Aamsanchar

१७ वर्षीया सूचिना घलेको हत्या गर्ने शम्जेर गुरुङ कारागार चलान

Author Image
आइतवार, पौष २१, २०८१

गोरखा –बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१७ वर्षीया सूचिना हत्याको आरोपमा प्रहरीले गुरुङलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो । उनी विरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो । अदालतको आदेश अनुसार आइतबार उनलाई कारागार पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

गत १५ मंसिरमा घाँस काट्न जंगल जादाँ सम्पर्कविहीन भएकी सूचीना तीन दिनपछि मृत फेला परेकी थिइन् । गाडिएको अवस्थामा उनको शव भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय गुरुङले हत्या गरेको स्वीकार समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर