Aamsanchar

नेपाली बजारमा सुनको मूल्य

Author Image
मङ्गलवार, पौष २३, २०८१

काठमाडौं-  नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ । छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, छापावाल सुन आइतबार, सोमबार र मंगलबार (आज) पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर