Aamsanchar

बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको शोरूम उद्घाटन

Author Image
मङ्गलवार, पौष २३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम उद्घाटन भएको छ । बिर्तामोडस्थित चारपानेमा हिजो सोमबार भव्य समारोहका साथ शोरुमको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर नागेन्द्र प्रसाद सग्रौला, विशिष्ट अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानले उद्घाटन गरेका हुन ।

प्रोडक्ट हेड सबिन्द्र बिक्रम थापाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्युतीय सवारी साधनले प्रदान गर्ने सस्तो, दिगो र वातावरणमैत्री यातायात समाधानका विषयमा जानकारी दिए। साथै, कम्पनीका प्राविधिकले विशेषता र भविष्यका योजनाहरूबारे समेत प्रकाश पारेका थिए ।

कम्पनीका सेल्स हेड नविन आचार्यलल विद्युतीय सवारी साधनहरूको विविधताबारे विस्तृत जानकारी गराउँदै नेपालभर स्पीड चार्जरहरूको विस्तार योजनाका बारेमा जानकारी गराए । उनका अनुसार हालसम्म देशभर ७७ स्थानमा स्पीड चार्जर सञ्चालनमा छन्, र आगामी दिनमा १५० स्थानसम्म विस्तार गरिनेछ ।

कम्पनीका असिस्टेन्ट जेनेरल म्यानेजर सुदर्शन पाठकले विद्युतीय सवारी साधनको लोकप्रियता बढाउन तथा नेपालको यातायात क्षेत्रमा दिगो विकास गर्न कम्पनीको तर्फबाट प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी नेपालको सवारी साधन क्षेत्रलाई हरित र प्रदूषणमुक्त बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं। आजको उद्घाटन हाम्रो दीर्घकालीन योजनाको महत्त्वपूर्ण हिस्सा हो।“

कार्यक्रमका प्रमुख अतिथि नागेन्द्र प्रसाद संग्रौैलाले विद्युतीय सवारी साधनले वातावरणमैत्री यातायात प्रणाली निर्माणमा पु¥याउने योगदानको प्रशंसा गर्दै यस प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न नगरपालिकाले आवश्यक नीति र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा अतिथिहरू बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्योपाने, राष्ट्रिय यातायात महासंघ केन्द्रीय उपाध्याक्ष राजेन्द्रप्रसाद रिजाललगायत अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन बतास माउ कमर्शियल भेहिकल प्रालि बिर्तामोड शाखा प्रबन्धक अनिल पौडेलले गरेका थिए ।

कार्यक्रममा अत्याधुनिक विद्युतीय सवारी साधनहरूको प्रदर्शन पनि गरिएको थियो, जसले सबै उपस्थितको ध्यान खिच्यो।

कम्पनीले विद्युतीय सवारी साधनको प्रवद्र्धन र नेपालको यातायात क्षेत्रको दिगो विकासमा निरन्तर योगदान गर्ने विश्वास व्यक्त गरेको छ । पर्यावरणीय लाभ र सस्तो यातायातका सम्भावनाहरूले यो क्षेत्रलाई अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर