Aamsanchar

विराटनगरबाट पक्राउ परे सार्वजनिक लेखा समिति सभापतिका स्वकीय सचिव

Author Image
बिहिवार, पौष २५, २०८१

मोरङ- संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भीमबहादुर दाहालले जानकारी दिए ।

उनका अनुसार, अनिललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । ठगीको घटना बाहिरिएपछि उनलाई सभापति पोखरेलले बर्खास्ता गरेका थिए ।

गत सोमबार मोरङ जिल्ला अदालतले अनिलविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि वरिष्ठ कृषि प्रसार अधिकृतबाट अवकाशप्राप्त सप्तरीका बैआलाल चौधरीबाट रकम लिएको आरोप छ । चौधरीकी छोरीको नाम एमबीबीएसमा निकालिदिने नाममा अनिलले २०७१ देखि ०७३ को बीचमा पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझेको आरोप लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)