Aamsanchar

प्रहरीद्वारा हवाई फायर गर्दै १२० किलोग्राम गाँजा र पाँच मोटरसाइकलसहित ६ जना पक्राउ

Author Image
बिहिवार, पौष २५, २०८१

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले विशेष सूचनाका आधारमा १२० किलोग्राम गाँजा र पाँचवटा मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ। पुस २४ गते बिहान करिब ४ः१५ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–९ को कच्ची सडक खण्डमा चेकजाँच गर्ने क्रममा यो सफलता हासिल गरेको हो।

गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि चेकजाँचमा खटिएको प्रहरी टोलीले एकैपटक आइरहेका पाँचवटा मोटरसाइकल रोकेर तलासी गर्न खोज्दा ती मोटरसाइकलमा सवार व्यक्तिहरूले प्रहरीमाथि हातपात र ढुंगामुढा प्रहार गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले एसएलआर राइफलबाट एक राउन्ड हवाई फायर गरेपछि पाँचवटा मोटरसाइकल र १२० किलोग्राम गाँजा सहित ६ जनालाई पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका–१ का ३४ वर्षीय नकुल राई, २१ वर्षीय ओम प्रकाश राई, साँगुरीगढी–८ का २८ वर्षीय मंगल कुमार राई, २९ वर्षीय बिसन राई, २६ वर्षीय थामबहादुर राई, र २१ वर्षीय सुमन राई रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरेका मोटरसाइकलको नम्बर प्लेटहरू क्रमशः को. ३८ प ३५२२, प्रदेश १–०२–०५३ प ९६६३, प्रदेश १–०२–०५३ प ८६१७, प्रदेश १–०२–०४३ प ९५९६, र को. १४ प ७७५० रहेका छन्।

पक्राउ परेका ६ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनकुटाले लागूऔषध नियन्त्रणसम्बन्धी ऐनअन्तर्गत कानूनी कारबाही प्रक्रिया अघि बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)