पहिलो बैठकमा उपाध्यक्ष सुव्रत न्यौपाने महिला उपाध्यक्ष विनिता गौतम, सचिव राजु पाठक, सचिव प्रदीप परियार, सहसचिव रमेश तिवारी, सहसचिव तिलक योञ्जन, कोषाध्यक्ष मुक्ति पौडेल सदस्यहरू बिनोद पाण्डे, द्रोण अधिकारी, अस्मिता साँखी, सुदीप अधिकारी, सन्तोष शर्मा, मनकुमार गदाल, इशा प्रधान, देवेन्द्र प्रसाईको उपस्थिति रहेको थियो । त्यसैगरी पूर्व अध्यक्ष एवम् सल्लाहकार तारामणि सापकोटाको उपस्थिति रहेको सूचना अधिकारी राजु पाठकले जानकारी दिए ।
बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।
१. धन्यवाद ज्ञापनः
महासंघको १४औं जिल्ला अधिवेशनसँगै मंसीर २८ गते सम्पन्न प्रत्यक्ष निर्वाचन सफल बनाउन सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति, कर्मचारी, सुरक्षा निकाय, सरोकारवाला संघसंस्था, महासंघका पूर्व अध्यक्ष, सदस्यहरू, शुभेच्छुक लगायत सबैप्रति धन्यवाद ज्ञापन गरियो।
२. प्रेस स्वतन्त्रता र पत्रकारको हितः
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारको हकहित, र आर्थिक समस्यामा रहेका सञ्चार गृहहरूको संस्थागत विकासमा महासंघ दृढतापूर्वक उभिने निर्णय गरियो।
३. सञ्चार कानुनमा ध्यानाकर्षणः
झापाका सबै स्थानीय तहमा सञ्चारसम्बन्धी कानुन निर्माणको पहल गर्ने र केन्द्र, प्रदेश तथा स्थानीय तहमा बन्ने कानुनहरू मिडियामैत्री बनाउन दबाब दिने निर्णय गरियो।
४. पेशागत मर्यादा र महासंघको गरिमाः
पत्रकारिताको सिद्धान्त, मूल्य मान्यता र आचारसंहिताविपरीतका प्रवृत्ति नियन्त्रण गर्दै महासंघको गरिमा बढाउने प्रतिबद्धता व्यक्त गरियो। साथै, विज्ञापनलाई समाचार नबनाउन सञ्चारकर्मीहरूलाई आग्रह गरियो।
५. सामाजिक सञ्जालको प्रयोगः
सामाजिक सञ्जालमा पेशागत मर्यादा विपरीत टीकाटिप्पणी नगर्न र तथ्यहीन सामग्री नपोस्ट गर्न सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आह्वान गरियो।
६. बिना दर्ताका सञ्चार माध्यमः
दर्ता नभएका सञ्चार माध्यमलाई आवश्यक प्रक्रिया पूरा गरी दर्ता गराउन आग्रह गर्दै महासंघले सहजीकरण गर्ने निर्णय गरियो।
७. तीन वर्षे कार्ययोजना निर्माणः
महासंघको तीन वर्षे कार्ययोजना निर्माणका लागि उपाध्यक्ष सुब्रत न्यौपानेको संयोजकत्वमा समिति गठन गरियो।
८. सदस्यता नवीकरणः
महासंघ झापाका सदस्यहरूको २०८१ / २०८२ सालको सदस्यता तत्काल नवीकरण गर्न आग्रह गरियो।
९. सूचना अधिकारी नियुक्तिः
महासंघ झापा शाखाको सूचना अधिकारी तथा प्रवक्तामा सचिव राजु पाठकलाई नियुक्त गर्ने निर्णय गरियो।
बैठकले महासंघको कार्यक्षमता र गरिमा अभिवृद्धिका लागि महत्त्वपूर्ण दिशानिर्देश प्रस्तुत गरेको छ। यसले झापाका पत्रकारहरूका हकहित र मिडिया क्षेत्रको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।