काठमाडौं : गण्डकी र कर्णाली प्रदेशमा शुक्रबार हल्का बदली रहनेछ। तराईका भूभागमा हुस्सु लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४।६ डिग्री सेल्सियस मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
शनिबार बेलुकादेखि भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पश्चिमी वायुको प्रभाव बढ्ने मौसमविद् पुडासैनीले बताए। विषेशगरी उच्च पहाडी तथा हिमाली भूभागमा आगामी सोमबारसम्म हल्का वर्षा र हिमपात गराउनेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 31