Aamsanchar

ओखलढुङ्गाको मानेभञ्ज्याङमा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने

Author Image
शुक्रवार, पौष २६, २०८१

ओखलढुङ्गा-  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गामा लिब्जु सामुदायिक क्याम्पस सञ्चालन हुने भएको छ । मानेभञ्ज्याङ गाउँपालिकाको लगानीमा क्याम्पस स्थापना गर्न लागिएको हो । जिल्लामा स्थानिय तहले प्रत्येक्ष सञ्चालन गरेको यो पहिलो सामुदायिक क्याम्पस हुनेछ । गत आर्थिक वर्षदेखि शिक्षा र मानविकी सङ्कायको कक्षा सञ्चालन गर्न सम्बन्धनका लागि पूर्वाञ्चल विश्वविद्यालयमा माग गरिएको थियो । हालै ब्याचलरमा शिक्षा सङ्कायको कक्षा सञ्चालनका लागि अनुमति प्राप्त भएको कुरा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष रामकुमार राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट क्याम्पस सञ्चालनका लागि अनुमति दिने जानकारी आएको भए पनि प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेको प्रस्तावित क्याम्पसका प्रमुख टिएन पौडेलले बताउनुभयो । जिल्लामै पहिलो र फरक मोडालिटिमा क्याम्पस सञ्चालन गर्न लागिएको मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

उच्च शिक्षाका लागि गाउँपालिकाबाट वर्षेनी विद्यार्थीहरु पलायन हुने परिस्थितिलाई रोक्न गाउँपालिकाले क्याम्पस सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष रुम्दालीको भनाइ छ । क्याम्पसको आर्थिक, व्यवस्थापन, शैक्षिक अनुगमनलगायतको सम्पूर्ण जिम्मा गाउँपालिकाले लिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर