कार्यक्रमको अध्यक्षता ढडुवा युवा क्लबका अध्यक्ष कुलबहादुर न्यौपानेले गर्नुभएको थियो भने प्रमुख अतिथि हल्दिबारी वडा नं ३ का अध्यक्ष विष्णु ओली रहनुभएको थियो।
अन्य अतिथिहरूमा वडा सदस्यहरू कर्ण भण्डारी, अजित बिष्ट, विष्णुमाया तिम्सिना ढुंगेल, सामाजिक अगुवा ओमप्रसाद मिश्र, रातमाटे सामुदायिक बनका अध्यक्ष जनक लामा, रणकाली सामुदायिक बनका अध्यक्ष धनबहादुर सावा, र पञ्चायत माध्यमिक विद्यालयका शिक्षक डिल्लीराम ढुंगेल सहभागी थिए।
प्रतियोगितामा बिष्ट भलिबल टिम प्रथम स्थानमा रहँदा मेचे भलिबल टिम दोस्रो भए। उत्कृष्ट खेलाडीको उपाधि बिष्ट भलिबल टिमका बिशन बिष्टले प्राप्त गर्नुभएको छ।
प्रतियोगिता आयोजना गर्नका लागि केही विशेष उद्देश्यहरू राखिएको थियो, जसमाः वडाका उत्कृष्ट खेलाडी छनोट गर्नु। भलिबल खेलको विकास र प्रवद्र्धन। बढ्दो दुव्र्यसन र लागुऔषधको प्रयोगजस्ता समस्याहरूको न्यूनीकरण।
कार्यक्रमको संचालन र सहजीकरण ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।
कार्यक्रमले स्थानीयस्तरमा खेलकुदको महत्वलाई प्रवद्र्धन गर्दै, युवाहरूलाई खेलकुदतर्फ आकर्षित गराउने अपेक्षा गरिएको छ। सहभागी टिमहरू, खेलाडी, र दर्शकहरूले प्रतियोगिताप्रति उच्च उत्साह देखाएका थिए।
यस किसिमका कार्यक्रमहरूले खेलकुदको विकाससँगै स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।