Aamsanchar

माघ ७ गते कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय

Author Image
आइतवार, पौष २८, २०८१

विराटनगर – कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आउँदो माघ ७ गते आह्वान गर्ने निर्णय गरिएको छ । आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।

कोसी सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशसभा आह्वान हुने जानकारी दिए ।

प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको लामो समयपछि हिउँदे अधिवेशन आहृवान हुने भएको हो । सभामा सरकारले केही पुराना ऐन संशोधन गर्ने र नयाँ विधेयक समेत लैजाने तयारी गरेको छ ।

हाल कोसी प्रदेशमा नेकपा (एमाले)नेतृत्वको सरकार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)