काठमाडौं – युरोपेली मुलुक माल्टामा एक नेपाली युवतीको सडक दुर्घटनामा मृत्यु भएको छ।
महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएकी २५ वर्षीया गौरीकुमारी बरालको उपचारको क्रममा मृत्यु भएको एनआएएनए माल्टाले जनाएको छ। रोजगारीको सिलसिलामा उनी सन् २०२२ डिसेम्बरमा माल्टा पुगेकी थिइन्।
जनवरी ५ मा बाटो काट्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको शनिबार मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल जानकारी दिए।
मृतकको परिवारसँगको सल्लाह बमोजिम मृतकको शव नेपाल पठाउन एनआरएनए माल्टाले सहजीकरण गरिरहेको उनको भनाइ छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 57