Aamsanchar

बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा

Author Image
आइतवार, पौष २८, २०८१

काठमाडौं – नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ। आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो।

काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो।

सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजापश्चात पूजा शुरु गरिएको थियो। पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो।

Views: 84

प्रतिक्रिया (०)