Aamsanchar

दुई उत्तर कोरियाली सैनिक युक्रेनको नियन्त्रणमा

Author Image
आइतवार, पौष २८, २०८१

किभ – युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा दुई घाइते उत्तर कोरियाली सैनिकहरूलाई युद्धबन्दीको रूपमा नियन्त्रणमा लिएको दाबी गरेका छन्।

जेलेन्स्कीका अनुसार दुवै सैनिकलाई आवश्यक उपचार गरिंदैछ। उनीहरू दुवैलाई राजधानी किभमा रहेको युक्रेनको सुरक्षा सेवा (एसबीयू) को हिरासतमा राखिएको छ।

युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गरेकोमा युक्रेनी प्याराट्रूपरहरू र विशेष अपरेशन फोर्सका सैनिकहरूप्रति ´कृतज्ञ`रहेको बताएका छन्। उनले उक्त कार्य सजिलो काम नभएको उल्लेख गरेका छन्।

युक्रेनको गुप्तचर सेवाले एक विज्ञप्तिमा उत्तर कोरियाली सैनिकहरूलाई जनवरी ९ मा पक्राउ गरिएको र तुरुन्तै जेनेभा कन्भेन्सन अन्तर्गत आवश्यक पर्ने चिकित्सा हेरचाह प्रदान गरिएको, त्यसपछि उनीहरूलाई किभ ल्याइएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर