झापा: प्यावसन झापाको अन्तिम मत परिणाम सार्वजनिक भएकाे छ । निर्वाचनमा छत्रकुमार कार्की अध्यक्ष पदमा १७६ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा जम्मा ३०९ मतदाता मध्ये २८९ मत खसेको थियो भने २ मत बदर भएको थियो।
वरिष्ठ उपाध्यक्ष पदमा हरिकृष्ण पाठक १८९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी उत्तम खनालले ९५ मत प्राप्त गरे । उपाध्यक्ष पदमा टीआर गौतमले १२२ मतसहित विजयी हुँदै बदिराम राई (९६ मत) र भवानी पाठक (६१ मत) लाई पछि पारे ।
सचिव पदमा लक्ष्मीप्रसाद उप्रेती १६९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रुद्र सिटौलाले ११४ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा अमृतकुमार तिम्सिनाले १४९ मतसहित विजयी हुँदा जनार्दनकुमार मैनालीले १३६ मत प्राप्त गरे ।
सहसचिव पदका दुई विजयी उम्मेदवारमा जीवन सिवाकोटीले १७० मत र विनोद सुब्बाले १६८ मत प्राप्त गरे । तेस्रो उम्मेदवार डम्बर रुचालले भने १३२ मत प्राप्त गरे ।