Aamsanchar

बिएण्डसीमा एमबीबीएस पठनपाठन सुरु

Author Image
सोमवार, पौष २९, २०८१

बिर्तामोड । झापाको विर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजले पुस २६ गतेदेखि एमबीबीएस पठनपाठन सुरु गरेपछि झापावासीले खुसी व्यक्त गरेका छन्। काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा ५० विद्यार्थीले पहिलोपटक अध्ययन थालेका छन्।

कलेजले मेचीनगर–१२ धाइजनमा ‘बेसिक साइन्स’का लागि सुविधासम्पन्न भौतिक संरचना तयार गरेको छ। विर्तामोड–५ मा रहेको कलेजको क्लिनिकल अध्यापन विगत १० वर्षदेखि सञ्चालनमा छ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले अब विदेशमा जाने बाध्यता हट्ने र झापा मेडिकल हब बन्ने विश्वास व्यक्त गर्नुभयो।

महिला मानवाधिकार रक्षा सञ्जालकी अध्यक्ष कविता बाँस्तोलाले छोरीहरूको लागि जिल्लामै पढ्न पाउनु लैङ्गिक दृष्टिले सकारात्मक रहेको बताउनुभएको छ।

कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माका अनुसार कलेजमा ७० जना प्रोफेसर कार्यरत छन्। पहिलो सत्रमा ३४ नेपाली र १४ विदेशी विद्यार्थीले अध्ययन थालेका छन्।

सर्वोच्च अदालतको परमादेशपछि सम्बन्धन प्राप्त कलेजले झापालाई मेडिकल शिक्षा र टुरिज्मको केन्द्र बनाउने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)