Aamsanchar

दाङ देउखुरीको रिहारमा मेला

Author Image
मङ्गलवार, माघ १, २०८१

लमही – माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ । बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ । आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा नुहाउँदा रोग नलाग्ने विश्वास छ ।

रिहारको कुण्डमा पूजा गरी बगारबाबा मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने, निःसन्तानले सन्तान पाउने र रोगब्याध नलाग्ने धार्मिक विश्वास छ । नेपाल सरकारले लमही नगरपालिकामा बगरबाबा धार्मिक पर्यटकीय स्थललाई एकसय नयाँ तथा विकास गरिनुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । रिहार अवधीभाषी यादव समुदाय र थारु समुदायको पवित्र धार्मिक स्थलको रुपमा परिचित छ । बगार बाबा धार्मिक स्थल उत्पत्तिको सन्दर्भ द्वापरयुगसँग जोडिएको छ । द्वापर युुगमा ऋषिमुुनीहरुले बिहार गरेको हुुँदा ‘ऋषि विहार’बाट अपभ्रम्स भई ‘रिहार’ नाम रहन गएको बताइन्छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको रिहारमा माघीमा एक हप्तासम्म मेला लाग्ने गर्दछ । यो लमही बजारबाट करिब २० किलोमिटर पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर