Aamsanchar

गीतकार सत्यनारायण तायलको “मारुनी“ गीतको सुटिङ सम्पन्न

Author Image
मङ्गलवार, माघ १, २०८१

बिर्तामोड । मारवाडी भाषामा दर्जनौँ गीत  कविता एवम् सायरी  लेखेरै पूर्वमा आफ्नो साहित्यिक छवि बनाउदै आएका कवि गीतकार सत्यनारायण तायल को  निर्माण तथा शब्दमा  गायक निरज पोखरेल र मेलिना राई को स्वरमा रहेको मारुनी गीत सुटिङ सम्पन्न भएको छ।

सयौँ सफल नेपाली  चलचित्र का गीत को कोरियोग्राफर  कमल राईको निर्देशन ,  चलचित्र निर्माणका ख्यातिप्राप्त क्यामेरामेन शिव ढकाल  को छायाङ्कन साथै  डान्सर पदम राई को मारुनी गीतका कलाकार  हरूको  नृत्य ग्रुप रहेको थियो भने अग्रपङ्क्तिमा अहिलेका चर्चित मोडेल पूर्ण सावा लिम्बू र माही शर्मा ले अभिनय गरेका थिए
निर्माण नियन्त्रक प्रदिप महतो र  कुमार सिलवाल साथै ख्यातिप्राप्त सङ्गीतकार विकास चौधरीले  ग्रुपको  अगुवाइ गर्नु भएको थियो भने  सुटिङ स्थलमा  राष्ट्रिय गायिका  पवित्रा ओली, अर्जुन खरेल  सविन लिम्बू ,जतिन श्रेष्ठ , उमेश पाण्डे पूर्ण सुनार ,मोडेल सुमन लाम्गादे ,समाजसेवी एवम् गीतकार लवकुश गौतम ,  बीज इन्टरनेशनलका प्रबन्धक अशोक भण्डारी ,पाथीभरा साउण्डकी सन्चालक निर्मला अधिकारी ओली, डान्सर प्रकृति खड्का, , गीता आचार्य पाण्डे ,भजन गायिका निर्मला बस्नेत आदिको उल्लेखनीय उपस्थिति रहेको थियो  भने प्राविधिक कार्य STM मुभिजका सञ्चालक   तिलक तिवारीले गर्नु भएको थियो ।

गीतकार सत्यनारायण तायलको निर्माण मा बनेको  ‘‘नजाऊ मलाई एक्लै छोडी ’’ बोलको मारुनी गीतको सङ्गीत भने गायक स्वयम् निरज पोखरेलले गरेका छन । यसभन्दा अगाडि गीतकार सत्यनारायण तायलको नेपाली र मारवाडी गीत गरि दर्जनौँ रेकर्डिङ भैसकेका छन पुरानो चर्चित नेपाली फिल्म “ चोट“ तथा “मनकामना “निर्माता समेत हुनुहुन्छ  भने दर्जनौँ सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ  । भिडियो गीत चाँडै ओ एस आर डिजिटल बाट रिलिज हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर