Aamsanchar

दुबई क्रुजमा भाका दिवसको भव्य आयोजना

Author Image
मङ्गलवार, माघ १, २०८१

दुबई । कोच राजवंशी समाज यूएईले १२ जनवरी २०२५ मा दुबईको क्रुज सीपमा ‘भाका दिवस’ को अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा कोच राजवंशी समाजको समृद्ध संस्कृति, परम्परा र भाका परिकारलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता भारत राजवंशीले गरेका थिए । प्रमुख अतिथिको रूपमा एनअरएनए यूएईका सचिव  शम्भु वाइबा उपस्थित भएका थिए । अन्य विशिष्ट अतिथिहरूमा जन प्रगतिशील मञ्च यूएईका अध्यक्ष  लक्ष्मण खनाल, नेपाल जनप्रगतिशील मञ्च एसियाका कोषाध्यक्ष  बाबुराम विश्वकर्मा, तामाङ समाज यूएईका  दिलिरम तामाङ, नेपाल समाज यूएईका अध्यक्ष  बेदप्रसाद अर्याल लगायत अन्य समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुआतमा स्वागत मन्तव्य प्रस्तुत गर्दै अञ्जली राजवंशीले कोच आदिवासीको समृद्ध संस्कृति र परम्पराको बारेमा विस्तृत जानकारी प्रस्तुत गरिन।  कार्यक्रमको क्रममै सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिहरूमा गायक गौरग राजवंशी, गौतम राजवंशी र अन्य स्थानीय कलाकारहरूको गायन र नृत्यले उपस्थित जनतालाई मनोरञ्जन प्रदान गर्‍यो। कार्यक्रमको समापन धन्यवाद ज्ञापन र विसर्जन समारोहका साथ गरियो।

कार्यक्रमको सफलतामा प्रमुख सहयोगीहरू प्रेम राजवंशी, अञ्जली राजवंशी, हंसराज राजवंशी, उदय राजवंशी, फाल्तो राजवंशी लगायत अन्य सदस्यहरूको योगदान महत्त्वपूर्ण रहेको अध्यक्ष भारत राजवंशीले बताए ।

कार्यक्रमको सञ्चालन दीपेश ताजपुरियाले गरेका थिए ।  कार्यक्रममा  १४५ जनाको उपस्थिति रहेको बताइएको छ ।

यस कार्यक्रमले कोच राजवंशी समाजको सांस्कृतिक धरोहर र परम्परालाई विश्वभर फैलाउने महत्त्वपूर्ण अवसर सिर्जना गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर