Aamsanchar

अतिरुद्रमहायज्ञमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको उपस्थिति

Author Image
बुधवार, माघ २, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शङ्कराचार्य पीठमा आयोजना भइरहेको सर्वकल्याण अभिषेकात्मक अतिरुद्रमहायज्ञमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपस्थिति जनाएका छन्।

कोशी प्रदेशमै पहिलो पटक आयोजना गरिएको यो विराट महायज्ञमा आज मुख्यमन्त्री कार्कीले उपस्थित भई यज्ञको सफलताको शुभकामना व्यक्त गरेका हुन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस महायज्ञमा प्रदेश र देशकै शान्ति, समृद्धि र एकताको कामना गरिएको छ।

मुख्यमन्त्री कार्कीले महायज्ञमा सहभागी सबै साधुसन्त, श्रद्धालु र आयोजक समूहलाई धन्यवाद ज्ञापन गर्दै यस्तो धार्मिक क्रियाकलापले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

श्री शङ्कराचार्य पीठद्वारा आयोजित यो यज्ञले धार्मिक, सांस्कृतिक र सामाजिक समृद्धिका लागि ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ। महायज्ञमा विभिन्न धार्मिक अनुष्ठानसहित भक्तजनको उल्लेख्य सहभागिता रहेको छ।
माघ १ गते देखि सुरु भएको महायाग ११ गते सम्म सञ्चालन हुने शङ्कराचार्य पीठका व्यासाचार्य आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर