महाधिवेशन यही माघ १२ गते शनिबारका दिन क्वालिटी क्याफे सभाहल स्वयम्भू ठूलो भर्याङ काठमाडौँमा हुने महासचिव लालबहादुर केसीले बताउनुभयो ।
महासङ्घको महाधिवेशनको लागि देशभरबाट करिब ३०० प्रतिनिधि काठमाडौँमा आउने र महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन हुने र वर्तमान परिस्थितिमा निजी क्षेत्रको एकताका लागि सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेमा आफूहरू रहेको र सम्भव नभए लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै निर्वाचन मार्फत सक्षम नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको संस्थाका महासचिव केसीले बताउनुभयो ।
२०६९ सालमा देशभर रहेका ग्याँस बिक्री वितरणमा संलग्न व्यवसायी र आम उपभोक्ताहरूको हितलाई मध्यनजर गरी महासंघ स्थापना गरिएको महासघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले बताउनुभयो ।
महासङ्घ स्थापनादेखि हालसम्म आम उपभोक्ताका साथै ग्यास विक्रेताहरूको हितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै हाल देशका करिब ५० वटा जिल्ला र सातवटा प्रदेशमा कार्यक्रमहरू गरेपनि करिब ४० जिल्ला सघहरू १५० नगरसँग हरुका साथै पाँचवटा प्रदेशमा महासंघ मातातका संघहरू क्रियाशील रहेको महासङ्घका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।
महासङ्घले आगामी वर्षहरूमा देशका सबै प्रदेश जिल्ला र नगरहरूमा आफ्नो सञ्जाल विस्तार गरी उपभोक्ता र व्यवसायीका पक्षमा काम गर्ने योजनाका साथ अघि बढेको वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले बताउनुभयो ।