


महायज्ञका प्रमुख याजक रहेका पोखरेलले अनुष्ठान सफलताको कामना सहित उक्त रकम प्रदान गरेका हुन ।

पोखरेललाई शङ्कराचार्य पीठले सम्मान प्रदान गरेको छ । प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टको आतिथ्यमा पोखरेललाई सम्मान गरिएको पीठाका अध्यक्ष आचार्य लक्ष्मी प्रसाद खतिवडाले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश मन्त्रिपरिषद्का सचिव केदारनाथ शर्मालाई पनि शङ्कराचार्य पीठले सम्मान गरेको छ ।


यसैबीच महायागमा शनिवार जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यको प्रवचन रहेको थियो । साथै कथा व्यास पीडित कुबेर सुबेदीले पनि प्रवचन गर्नुभएको थियो ।
एक सय २१ ब्राम्हण द्वारा दैनिक शिव अर्चनाका साथ साधुटारमा अतिरुद्र महायज्ञ सञ्चालनमा भइरहेको छ ।

प्रत्येक दिन विद्वान , बिदुषि हरुदवारा कथा प्रवचन भइरहेको उक्त अनुष्ठानमा दर्शनार्थीहरूको उल्लेख्य उपस्थिति बढिरहेको छ ।
विश्वशान्तिको कामना सहित संचालन भइरहेको अतिरुद्र महायाग माघ ११ गते समापन हुने बरिष्ठ उपाध्यक्ष शान्तिराम नेपालले जानकारी दिए ।