Aamsanchar

इलामका प्रजिअ मार्फत निर्माण व्यवसायीले प्रधानमन्त्रीलाई १४ बुँदे माग बुझाए

Author Image
आइतवार, माघ ६, २०८१

इलाम- निर्माण व्यवसायीहरुको छाता संस्था निर्माण व्यवसायी सङ्घले विभिन्न १४ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई आज एक ज्ञापनपत्र बुुझाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत निर्माण व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा निर्माणकार्य हुने सिजनमै सिमेन्ट उद्यामीहरुबाट बिना कारण कालोबजारी, डण्डी र सिमेन्टमा चर्को मूल्यवृद्धि, भुक्तानी अभाव, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्यादथपसम्बन्धी कानुनी जटिलता, राष्ट्र बैंकबाट निर्माण व्यवसायीहरुलाई दिइएको ऋण सुविधा कटौती, सरकारसँग भएका सहमतिलगायतका विषय उल्लेख गरिएको छ ।

व्यवसायीहरुको राष्ट्रिय भेलाले दिएको म्याण्डेडअनुसार आगामी माघ १५ सम्ममा सरकारले यी १४ बुँदामा कुनै पहलकदमी नगरे आफूूहरु आन्दोलित हुन बाध्य भएको उल्लेख गरिएको छ सबै जिल्लाका निर्माण व्यवसायी सङ्घहरुले ज्ञापनपत्र बुुझाएको इलामस्थित सङ्घका अध्यक्ष डिल्ली खनालले बताउनुभयो । खनालका अनुसार एक महिनाको अवधिमा सिमेन्टमा प्रतिबोरा दुुई सय रुपियाँ र डण्डीमा प्रतिकिलो १५ रुपियाँका दरले मूल्य वृद्धि भएको छ ।

मुुल्य वृद्धिले गर्दा हरेक भौतिक संरचना र पूूर्वाधार निर्माणमा असर परेको अध्यक्ष खनालले बताउनुभयो । ‘सयममा सरकारबाट निर्माण व्यवसायीले भुुक्तानी पाएका छैनन्, त्यसको असर निर्माण क्षेत्रमा परेको छ,’ अध्यक्ष खनालले भन्नुभयो ‘यता निर्माण व्यवसायीले काम नगरेको जस्तो सन्देश बाहिर गएको छ ।’ यता ज्ञापनपत्रमा रुग्ण रहेका ठेक्काहरुलाई सुविस्ताको आधारमा तत्काल अन्त्य गरी फरफारक गरिनुपर्ने उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर