![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/WhatsApp-Image-2025-01-19-at-08.47.47_9066f516.jpg)
कार्यक्रमको अध्यक्षता कोच प्रवासी समाज कतारका अध्यक्ष भुवन राजबंशीले गरेका थिए । प्रमुख अतिथि प्रवासी नेपाली मंच कतारका अध्यक्ष चुडामणी कार्की रहेको कार्यक्रमको विशिष्ट अतिथिहरूमा समाजका संरक्षक चानीलाल राजबंशी, सल्लाहकार सुनिल राजबंशी, सामाजिक अभियन्ता सागर नेपाल, झापा एफ.सी.का अध्यक्ष अर्पण खड्का, र अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
कार्यक्रमको शुभारम्भ भाक्काको ब्यानर अनावरण गरेर गरियो। विभिन्न राजबंशी परिकारहरूमध्ये विशेष रूपमा भाक्का परिकार प्रस्तुत गरिएको थियो। कलाकारहरूले आफ्ना मौलिक भेषभूषामा सजिएर राजबंशी परम्परागत नृत्य तथा गीत प्रस्तुत गरे। किरण राजबंशी, बिनिता राजबंशी, र अन्य कलाकारहरूको नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। साथै, हास्य कलाकार यमलाल राजबंशी र टेकबहादुर राजबंशीले सबैलाई हँसाए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
कार्यक्रममा प्रमुख अतिथि चुडामणी कार्कीले राजबंशी समुदायको सांस्कृतिक महत्वको चर्चा गर्दै यस्ता कार्यक्रमहरूले परम्पराको संरक्षणमा योगदान पुर्याउने भनाइ राखेका थिए । उनले आफू २७ वर्षपछि यस्तो कार्यक्रममा सहभागी हुँदा निकै आन्दित भएको र भाक्काको स्वादले पुराना दिनहरूको स्मरण गराएको बताए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
सामाजिक अभियन्ता सागर नेपालले भाक्काको स्वास्थ्यकर र मौलिक स्वादको प्रशंसा गर्दै राजबंशी परम्परासँग अझ नजिकबाट परिचित हुन पाएकोमा खुसी व्यक्त गरे । समाजसेवी प्रभात त्रिपाठीले राजबंशी परिकारहरूको अनुभव जीवनमा पहिलोपटक गर्न पाएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
समाजका संरक्षक चानीलाल राजबंशीले नेपालका पूर्वी क्षेत्रमा बसोबास गर्ने राजबंशी समुदायको इतिहास र संस्कृतिबारे जानकारी गराउदै उनले भने ‘ नेपालमा भाक्का दिवसलाई राष्ट्रिय पर्वको रूपमा सूचीबद्ध भएको र यसलाई प्रत्येक वर्ष पौष २९ गते मनाइने प्रचलनबारे प्रकाश पारे ।
कार्यक्रमको समापन अध्यक्ष भुवन राजबंशीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै गरेका थिए । कार्यक्रमको सञ्चालन हरि राजबंशीले गरेका थिए ।
राजबंशी समुदायको परम्परागत पर्वलाई विदेशमा समेत भव्य रूपमा मनाइएको यो कार्यक्रमले समुदायको पहिचान र एकताको प्रतीक प्रस्तुत गरेको छ।