Aamsanchar

कनकाई कप : भद्रपुर र बिर्तामोड क्वार्टरफाइनलमा, सिदिङ्ग्वा र टिभिए सिक्किम सेमिफाइनलमा

Author Image
आइतवार, माघ ६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा दोस्रो दिनको खेल सकिएको छ। आज सम्पन्न चार रोमाञ्चक खेलबाट भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाले क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

यस्तै, सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङ र टिभिए सिक्किमको पाउना टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनका साथ सेमिफाइनलमा प्रवेश गरेका छन्।

दोस्रो दिनको पहिलो खेलमा भद्रपुर नगरपालिकाले गौरादह नगरपालिकालाई पराजित गर्दै आफ्नो यात्रा क्वार्टरफाइनलसम्म पुर्‍यायो। दोस्रो खेलमा बिर्तामोड नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई हराउँदै अर्को क्वार्टरफाइनलको टिकट पक्का गर्‍यो।

साँझको खेलमा सिदिङ्ग्वा गाउँपालिका ताप्लेजुङले मेचीनगर नगरपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान बनायो। त्यसैगरी, झापा गाउँपालिका र टिभिए सिक्किमको पाउना टोलीबीचको खेलमा टिभिए सिक्किम विजयी हुँदै सेमिफाइनलमा उक्लियो।

प्रतियोगिताका क्वार्टरफाइनल र सेमिफाइनल खेलहरू भोलि सोमबार हुँदैछन्।

भद्रपुर नगरपालिका झापाले बेलबारी नगरपालिका मोरङसँग प्रतिस्पर्धा गर्नेछ।
शिवसताक्षि नगरपालिका झापा र बिर्तामोड नगरपालिका झापाबीच अर्को रोमाञ्चक खेल हुनेछ।
पहिलो सेमिफाइनलमा सिदिङ्ग्वा गाउँपालिकाले भद्रपुर र बेलबारीको विजेतासँग खेल्नेछ।
दोस्रो सेमिफाइनलमा टिभिए सिक्किमले शिवसताक्षि र बिर्तामोडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा विजेतालाई नगद १ लाख ११ हजार १११ रुपैयाँ, उपविजेतालाई ६१ हजार १११ रुपैयाँ, ट्रफी, र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ भने ५ विधाका उत्कृष्ट खेलाडीले जनही ५ हजार १०० रुपैयाँ पुरस्कार पाउनेछन्।

यो प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा पशुपति अंग्रेजी माध्यमिक विद्यालय रहेको छ। पहिलो पुरस्कार इजरायल निवासी प्रेम उप्रेतीले र दोस्रो पुरस्कार कनकाई इन्टरनेशनल विल्डर्सका सञ्चालक राम मैनालीले उपलब्ध गराउने छन्।

आयोजक समितिका अध्यक्ष दुर्गा पाठक राजुले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभालाई अवसर प्रदान गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए। प्रतियोगिताले स्थानीय स्तरमा खेलप्रेमीहरूको उल्लेखनीय उत्साह देखाएको छ।

आजको खेलमा सयौं दर्शक उपस्थित थिए। स्थानीय संघ(संस्थाका प्रतिनिधि र खेलप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सोमबारको खेलले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर