Aamsanchar

इस्ट होराइजनका प्रिन्सिपल सञ्जीव राईलाई ‘डाक्टर अफ फिलोसफी’ उपाधिले सम्मान

Author Image
आइतवार, माघ ६, २०८१


झापा। झापाको धुलाबारीमा रहेको इस्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईलाई मेरील्यान्ड स्टेट युनिभर्सिटीले ‘डाक्टर अफ फिलोसफी इन एजुकेसन’ उपाधिले सम्मान गरेको छ।
मलेसियाको होटल सनवेमा शुक्रबार आयोजित एक विशेष समारोहमा युनिभर्सिटीले शिक्षाका माध्यमबाट समुदायमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिने यो प्रतिष्ठित उपाधि राईलाई प्रदान गरेको हो।

यसैबीच, इस्ट होराइजन माविले मलेसियामा यही जनवरी १६ देखि १८ सम्म सम्पन्न ‘वल्र्ड स्कुल समिट २०२४’ मा ‘बेस्ट अल राउन्डर स्कुल’ विधामा सम्मान प्राप्त गरेको छ।
प्रिन्सिपल सञ्जीव राई र प्रमुख प्रशासक सावित्री सापकोटा राईले उक्त सम्मान ग्रहण गरेका हुन्।

विद्यालयका प्रमुख प्रशासक सापकोटा राईका अनुसार विद्यालयले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप, रचनात्मकता, र कलात्मक क्षेत्रमा विद्यार्थीलाई प्रोत्साहित गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेकाले यो सम्मान प्राप्त भएको हो।

मलेसियाको हेल्प युनिभर्सिटीमा आयोजित सम्मेलनमा नेपालसहित विश्वका १०० भन्दा बढी विद्यालयका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। सम्मेलनमा ग्लोबल सिटिजनका लागि आवश्यक शिक्षा, वर्तमान शैक्षिक अवस्था, र त्यसका विविध पक्षहरूमा छलफल गरिएको थियो।

प्रिन्सिपल सञ्जीव राई यसअघि २०७२ सालमा नेपाल सरकारको शिक्षा मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मानित भएका थिए। विद्यालयका शिक्षक महेश खड्काका अनुसार राईले शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्दै आएका छन्।

प्रिन्सिपल सञ्जीव राई र प्रमुख प्रशासक सावित्री सापकोटा राई हाल मलेसिया भ्रमणमा रहेका छन्। उनीहरूको यो भ्रमणले विद्यालयको अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)