Aamsanchar

‘सगरमाथा संवाद’ घोषणा गरिँदै

Author Image
मङ्गलवार, माघ ८, २०८१

काठमाडौं – सरकारले मंगलबार ‘सगरमाथा संवाद’ घोषणा गर्ने भएको छ।

दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम घोषणा गर्ने तयारी रहेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकालले जानकारी दिए।

पहिलो पटक हुन लागेको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ रहेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकबीच समान धारणा बनाउन कार्यक्रम आयोजना गरिएको हो।

यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको सगरमाथा संवादको तयारी कोभिड–१९ कारण अन्तिम समयमा स्थगित गर्नुपरेको थियो।

यो संवाद हाललाई प्रत्येक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णय छ। आगामी जेठ २, ३ र ४ गते गर्न संवाद आयोजना गर्न प्रस्ताव गरिएको छ।

 

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर