


काठमाडौं- साहसिक पर्यटकीय खेल र्याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्याफ्टिङ च्याम्पियनसिप २०८१’ (अल्ट्रा र्याफ्टिङ म्याराथन) आयोजना गर्न लागेको जनाएको छ ।

यसअघि र्याफ्टिङलाई साहसिक पर्यटकीय गतिविधिका रूपमा मात्र हेरिन्थ्यो । प्रतियोगिता १६ र १७ माघमा सञ्चालन गरिने परिषद्ले जनाएको छ । परिषद् अनुसार मनकामना (फिस्लिङ) बाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ ।


परिषद्ले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन आउने सबै टिमले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने छ ।
टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ । मादक पदार्थ सेवन निषेध गरिएको छ । प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् । हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने छ ।