Aamsanchar

घाँटीमा समस्या आएर स्वर भासिएपछी प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द

Author Image
बुधवार, माघ ९, २०८१

काठमाडौँ – स्वास्थ्यमा सामान्य समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन् । चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सोही कारण बुधवार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री ओली सहभागी हुन नसकेको बताइएको छ । बुधवारका भेटघाटका कार्यक्रम समेत रद्द गरेर प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर