![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/InShot_20250123_093233067.jpg)
भारतमा रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलाग भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ । मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन्। दुर्घटनामा मृत्यु भएका बाँकी ६ जनाको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 99