Aamsanchar

बिर्तामोडको आर.आर.पोलिक्लिनिकमा मधुमेह, थाइरोइड र हर्मोन विशेषज्ञ सेवा सुरु

Author Image
शुक्रवार, माघ ११, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको आर।आर। पोलिक्लिनिकले मधुमेह, थाइरोइड र हर्मोनसम्बन्धी रोगहरूको विशेषज्ञ सेवा सुरु गरेको छ। प्रतिष्ठित चिकित्सा संस्थाहरू पिजीआई चण्डीगढ र एम्स दिल्लीबाट विद्यावारिधि गरेका डा। प्रसिद्ध ढकालले यो सेवा उपलब्ध गराउन थालेका छन्।

क्लिनिकका संचालक महेन्द्र राईका अनुसार, डा। ढकालको आगमनले प्रदेश १ का बिरामीहरूलाई इन्सुलिन प्रयोग, सुगर नियन्त्रण, र गर्भावस्थाको मधुमेहजस्ता समस्याको प्रभावकारी उपचारमा ठूलो सहयोग पुग्नेछ। यसअघि, यस्ता सेवाका लागि बिरामीहरूलाई भारत जानुपर्ने बाध्यता थियो, जसले उनीहरूलाई ठूलो असुविधा गराउँदै आएको थियो।

पोलिक्लिनिकमा अब हाइपरथाइरोइडिजमको दीर्घकालीन उपचार, रेडियोएक्टिभ आयोडिन थेरापीको परामर्श, र हर्मोनसम्बन्धी सम्पूर्ण जाँच आफ्नै प्रयोगशालामा उपलब्ध हुनेछ। साथै, डायबेटिस एजुकेशन कार्यक्रम सञ्चालन गरिनेछ, जसमा बिरामीहरूलाई इन्सुलिनको प्रयोग विधि, रगतमा चिनी नियन्त्रणका तरिका, खानपान र व्यायामसम्बन्धी सुझावहरू दिइनेछ।

यी अत्याधुनिक सेवाहरूले झापा तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत गर्ने पोलिक्लिनिकले विश्वास लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर