Aamsanchar

कक्षा ४ देखि ८ सम्मको प्रश्न निर्माणमा देखिएका समस्या र समाधानबारे बिर्तामोडमा अन्तरक्रिया सम्पन्न

Author Image
शुक्रवार, माघ ११, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयमा विर्तामोड नगर क्षेत्र भित्र  कक्षा ४ देखि ८ सम्मका प्रश्न निर्माणका क्रममा देखिएका समस्याहरू र ती समस्याको समाधानबारे एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ।

विद्यार्थीहरूले परीक्षामा कठिन प्रश्नहरूका कारण मानसिक तनाव झेल्नु परेको र प्रश्नलाई सरल बनाइनुपर्ने मागलाई मध्यनजर गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा समायोजन र नेपाली भाषा विषय समितिको आयोजनामा आज (शुक्रबार) उक्त अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा नेपाली भाषा विषय समितिका अध्यक्ष झलकप्रसाद काफ्लेको अध्यक्षतामा सरस्वती माध्यमिक विद्यालयका शिक्षक तथा छिमेकी विद्यालयका नेपाली विषयका शिक्षकहरूको सहभागिता थियो। अध्यक्ष काफ्लेका अनुसार अन्तरक्रियामा नेपाली भाषा, शब्द उच्चारण, र लेखनका विषयमा पनि छलफल भएको थियो।

कार्यक्रममा समितिका सदस्य गेयनाथ न्यौपाने, कुलदिप घिमिरे, शुभाकर खतिवडाले नेपाली भाषा शुद्धताको महत्वबारे आफ्ना विचार राखेका थिए।

प्रमुख अतिथि एवम् बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख केशरबहादुर खवास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कन्दङवाले पनि कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण समितिका अध्यक्ष झलकप्रसाद काफ्लेले गरेका थिए भने सञ्चालन समिति सदस्य तुलसा ओझाले गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)