



बैतडी – जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।


उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक फरार छन् ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68