Aamsanchar

परालमा आगो लगाउँदा गोठ र घर जले

Author Image
शनिवार, माघ १२, २०८१

हेटौँडा- मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ स्थित हरिबहादुर बलको गोठमा रहेको परालमा आगो लगाउँदा गोठ र घरमा क्षति पुगेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार गए राति हरिबहादुरका छोरा मानसिक अवस्था ठिक नभएका वर्ष २८ का गोपाल बलले गाईभैंसी बाँधेको गोठको चोटाको परालमा आगो लगाएका हुन् ।

उक्त गोठसँगै हरि बहादुर आफ्नै ब्लक र टायलले बनेको दुई तले कच्ची घर र निजकै ठुलो बुवा मानबहादुर बलको ब्लक र टिनको छानो भएको एक तले कच्ची घरमा समेत आगोलागी भएको प्रहरीको भनाइ छ ।

निज गोपाल बलले बस्तिपुरबाट घट्टेदमार तर्फ जाँदै गरेको बा।प्र।०१–००३ख ९९४१ नं.को जेसिबीको सिसामा समेत ढुङ्गा प्रहार गरी सिसा फुटाएको भन्दै निज गोपाल बललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त आगोलागीबाट एक लाख रुपियाँ बराबरको क्षति पुगेको छ ।

गोठ र घरमा लागेको आगोलागी प्रहरी, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर