Aamsanchar

घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र

Author Image
शनिवार, माघ १२, २०८१

गोरखा – गोरखाको शहिद लखन गाउँपालिका–७ मा घरमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र दिन थालिएको छ ।

गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र हिजोदेखि घरमै पुगेर उपलब्ध गराउन थालेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

वडा कार्यालयले शोकमा परेका घरपरिवारलाई समवेदना र भेटघाटमा पुग्दा मृत्यु दर्ता प्रमाणपत्र पनि उपलब्ध गराउने निर्णय गरेको र अब मृत्यु दर्ताका लागि कोही पनि वडा कार्यालयसम्म पुग्न नपर्ने उहाँको भनाइ छ ।

वडा कार्यालयले पहिलो पटक हिजो बुङ्कोट गरन्जा गाउँका मृतक लिलाबहादुर थापाको परिवारलाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरेको हो ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर