Aamsanchar

गैंडा संरक्षणमा सबैजना लाग्न मन्त्री ठकुरीकाे आग्रह

Author Image
शनिवार, माघ १२, २०८१

काठमाडौं – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैंडा संरक्षणमा सबैजना लाग्न आग्रह गरेका छन् । गैंडा हेर्न विश्वका विभिन्न मुलुकहरूबाट चितवन आउने बताउँदै मन्त्री ठकुरीले गैँडा हेर्नकै लागि चितवनबाट आउने पर्यटकहरूको पहिलो रोजाइ बनेको बताए ।

शनिबार चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले उक्त कुरा बताएका हुन् । कार्यालयमा उद्धार गरेर ल्याइएका ४ वटा गैंडाको अवस्थाको बारेमा जानकारी लिँदै उनले संरक्षढमा सबै क्षेत्रको सहभागिता आवश्यक रहेको बताए ।

सरकारले हालै गैँडा संरक्षणका लागि भनेर १० वर्षे कार्ययोजना ल्याएको उल्लेख गर्दै मन्त्री ठकुरीले समुदायमा आधरित संरक्षणलाई आफूले जोड दिएको उल्लेख गरे । ‘संरक्षण मन्त्रालय एक्लैको प्रयासले मात्रै नभएर समुदायको पनि पनि सक्रिय भूमिका हामीले खोजेका छौँ,’ मन्त्री ठकुरीले भने,’संरक्षणका लागि सबैजनाको सहयोग आवश्यक छ ।’

कोषको सौराहस्थित कार्यालयमा हाल एउटा पोथी र ३ वटा भाले गरेर चारवटा गैँडा रहेको कोषका चितवनस्थित कार्यालयका प्राविधिक किरण रिजालले जानकारी दिए । उनका अनुसार हाल कोषमा २९ महिनाको पोथी गैँडा र अन्य ३ वटा गैँडाहरूको उमेर १९ महिना र करिब डेढ वर्षको रहेको प्राविधिक रिजालले बताए । उनका अनुसार ती गैँडाहरूलाई विभिन्न समयमा उद्धार गरेर ल्याइएको हो ।

 

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर