Aamsanchar

आदेश बदरकाे माग गर्दै उच्च अदालत पोखरा पुगे रवि लामिछाने

Author Image
सोमवार, माघ १४, २०८१

काठमाडौँ – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन्।

कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेकसम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी मागेकोमा उक्त विषयमा चित्त नबुझी सो आदेश बदर गर्न उनले माग गरेका छन्। दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछाने उच्च अदालत पुगेका हुन्।

उनले पोखरामा दफा ७३ बमोजिम निवेदन दर्ता गराएका छन्। पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर